राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको अर्को फरक र उत्कृष्ट स्वाद उपलब्ध गराउने काँठ क्षेत्रमा आफ्नो छुट्टै र उच्च स्थान बनाउन सफल लिला श्रेष्ठ सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिकाका कलाकार हुन् । उनले बिगत निकै लामो समय यता यस क्षेत्रलाई आफ्नो जिबन समर्पण गर्दै आएका छन् ।

लीलाले अहिले सम्म दर्जनौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल भैसकेका छन् । तर पनि पछिल्लो समयमा बिकाश भएको प्रब्रिद्धिलाई सहि ढंगले प्रयोग गर्न नसक्दा सिंगो सांगीतिक क्षेत्रबाट कलाकारहरु अर्धजीवित रहनु परेको यथार्थता सुनाउने लीलाको यस पटक भने “निर नपर अलमलमा” बोलको गीत सार्बजनिक भएको छ ।

प्रस्तुत गीतमा काँठ क्षेत्र वरिपरिको मैलिक स्वर समाबेस गरिएको छ । यस गीतमा लिला श्रेष्ठ उपेक्षित र चर्चित गायिका पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ । लिला द्वारा नै लय तथा शब्द सिर्जना भएको यस गीतको म्युजिक भिडियोमा मोडल संजिव ठकुरी र करिश्मा ढकाल अत्यन्त रोमान्चक ढंगले देखिएका छन् ।

भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन रोशन धितालले गरेका छन् । हामी कलाकार लिला श्रेष्ठको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया