काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडालाई हलिउड अभिनेता तथा गायक निक जोनससँगको स्वयंवरका लागि धेरैले बधाई दिएका छन् । प्रियंका निक जोनसभन्दा करिब ११ वर्षले जेठी छिन् । प्रियंकाको उमेर ३६ वर्ष हो भने निक २५ वर्षका छन् । तर, प्रियंका एक्ली अभिनेत्री भने हुने छैनन्, जसको उमेर श्रीमान्को भन्दा बढी होस् । अन्य केही बलिउड अभिनेत्री पनि छन्, जसले आफूभन्दा कान्छो केटासँग बिहे गरेका छन् ।

विपाशा बसु – बलिउड अभिनेत्री तथा मोडल विपाशा बसुले ३० अप्रिल २०१६ मा अभिनेता करणसिंह ग्रोबरसँग विवाह गरिन् । दुईको भेट सन् २०१५ मा फिल्म ‘अलोन’का क्रममा भएको थियो । यी दुईले डेट गर्न सुरु गरे र विवाह पनि गरे । करणसिंह ग्रोबर विपाशाभन्दा तीन वर्षले कान्छा छन् ।

ऐश्वर्य राय बच्चन – बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको अफेयर सलमान खान र विवेक ओबेरायसँग चल्यो । तर, यी दुवैजनालाई छाडेर ऐश्वर्याले सन् २००७ मा अभिनेता अभिषेक बच्चनसँग विवाह गरिन् । ऐश्वर्य अभिषेकभन्दा तीन वर्षले जेठी छिन् । अहिले ऐश र अभिषेककी एक छोरी छिन्, जसको नाम आराध्या हो ।

शिल्पा शेट्टी – अभिनेत्री शिल्पा शेट्टी बलिउड सुपरस्टार अक्षयकुमारसँग लामो समयसम्म प्रेमसम्बन्धमा रहिन् । तर, दुईजनाको सम्बन्ध विवाहमा परिणत हुन सकेन । शिल्पाले व्यापारी राज कुन्द्रासँग सन् २००९ मा बिहे गरिन् ।नयाँ पत्रिकामा खबर छ । शिल्पा राजभन्दा करिब तीन वर्षले जेठी हुन् ।

तपाईको प्रतिक्रिया