राजु बोहरा–काठमाडौँ । भेगीय हिसाबले फरक-फरक व्यक्तिलाई फरक-फरक सांगीतिक स्वादको आवस्यक पर्ने गर्दछ । यसैलाई ध्यानमा राखेर सुदुर पश्चिमका गीत संगीतका अनुरागीहरुला लागि लक्षित गर्दै एक देउडा गीत भर्खरै म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ । उक्त गीत “बिरस्पति तारा.. नामको साथमा खप्तड डिजिटल प्रालिले बजारमा ल्याएको हो । यस गीतको म्युजिक भिडियोमा आफ्नो छुट्टै पहिचान बनाउन सफल टेक बिष्ट देखिएका छन् । टेकलाई अभिनयमा साथ हिमानी ढुंगेलको पनि मिलेको छ ।

प्रकाश थापाको लय र राजेन्द्र शाह बि.पी को मौलिक लय तथा शब्द सृजनाले सजिएको यस गीतमा प्रकाश थापा र टिका पुनको सुमधुर स्वर सुन्न सकिन्छ । निकै आकर्षक ढंगले तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन भिम थापाले गरेका हुन् भने छायांकन हरिश महरा र सम्पादन प्रविन रेश्मी मगरले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया