राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा अशंख्य कलाकारहरुको उच्च रोजाई बनेका बरिष्ट गायक भोजराज काफ्लेको प्रस्तुतिमा फेरी पनि अर्को उत्कृष्ट सांगीतिक स्वाद बजारमा आएको छ । उक्त गीत “औंठी हिराको” बोलको रहेको छ । बिशेष गरी मौलिकता र सामाजिक यथार्थता लाई प्राथमिकतामा राख्दै आफ्नो सांगीतिक कोसेली बजारमा ल्याउने भोजराजले यस पटकको गीतलाई पनि अशंख्य श्रोता एवं दर्शकहरुले आफ्नो मनमा सजाईदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेका छन् । प्रस्तुत गीतमा भोजराज काफ्ले र मिंग्मा तामांगको अत्यन्त मनछुने स्वर लहरी सुन्न सकिन्छ ।

भोजराज काफ्ले कै लय शब्द द्वारा तयार भएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर अहिले डिजिटल बजारमा आइसकेको छ । भिडियोमा लक्ष्मण भण्डारी, मिंग्मा तामांग, बसन्त पोख्रेली, गङ्गा थापा, रबिन सुनार, बिबेक चौलागाईं, जिबन दाहाल, जुना तामांग, संदेश सुनार र मेनुका संजेलको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन गायक भोजराज काफ्ले स्वयम् ले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन दिनेश काफ्लेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया