राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि हरेक तह र तप्का बाट महत्वपुर्ण पहल भैरहेको छ । केहि समय अगाडीको जस्तो गीत संगीतको म्युजिक भिडियोमा अंग प्रदर्शनबाट मात्र आफ्नो सिर्जना चल्छ भन्ने मानसिकता अहिले न्यून भैसकेको छ । अहिले त आफ्नै कला संस्कृतिको जगेनार्थ तयार भएका गीत संगीतहरु नै नेपाली जनमानसहरुमा लोकप्रिय छ ।

यसैलाई मध्यनजर गर्दै शिब दर्शन फिल्म्स प्रा.लि ले एक वियोगान्त गीत सार्बजनिक भएको छ । आफ्नी प्रेमी वा प्रेमिका अर्कैको अंगालोमा बाँधिन पुग्दा हांसी-हांसी त्यो चोट सहनु बाएक केहि उपाय उन्ना रहेछ क्यारे, त्यस्तै पेरिफेरीमा तयार भएको यो गीत “कसम” नाममा सार्बजनिक भएको हो । बुद्ध मियाको प्रस्तुतिमा रहेको यस गीतमा बिष्णु माझी र बुद्ध मियाको सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुति गीतलाई लय तथा शब्द सिर्जना पनि बुद्ध मियाको नै रहेको छ ।

निकै मर्मस्पर्सी भावलहरीमा तयार भएको यस गीतको म्युजिक भिडियोमा बुद्ध मिया सगुन शाही र हुसेन मबिना को अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन दुर्गा पौडेलले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । निकै मनछुने ढंग बाट तयार भएको यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया