राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि हरेक तह र तप्का बाट महत्वपुर्ण पहल भैरहेको छ । केहि समय अगाडीको जस्तो गीत संगीतको म्युजिक भिडियोमा अंग प्रदर्शनबाट मात्र आफ्नो सिर्जना चल्छ भन्ने मानसिकता अहिले न्यून भैसकेको छ । अहिले त आफ्नै कला संस्कृतिको जगेनार्थ तयार भएका गीत संगीतहरु नै नेपाली जनमानसहरुमा लोकप्रिय छ ।

यसैलाई मध्यनजर गर्दै जनता डिजिटल प्रालिले राजेश ढकाल र स्मृति गौतमको संयुक्त प्रस्तुति “पान बुट्टे चोली” बजारमा ल्याएको छ । मौलिक लय र शब्दबाट सुसजित यस गीतमा स्वर पनि चर्चित गायक गायिका द्वय राजेश ढकाल र स्मृति गौतमको नै रहेको छ । गीतको मिठासता कानमा पर्ने बित्तिकै जस्तोसुकै परिस्थितिमा भए पनि एक किसिमको आनन्दको अनुभूति गराउने यस गीतलाई लय तथा शब्द सिर्जना उनै गायक राजेश ढकालले तयार पारेका हुन् ।

रोमान्चक ढंगबाट तयार भएको यस गीतको म्युजिक भिडियोमा रिना थापा, संजिव ठकुरी अशोक र एलिशाको आकर्षक अभिनय सहित नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन निशान के.सी ले गरेका हुन् भने छायांकन बिक्रम कार्की र सम्पादन अमृत चापागाईंले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना व्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया