एक युगमा एक दिन शुभ समय आउंछ भने जस्तै एक दुइ जना मात्रै त्यस्ता व्यक्तिको जन्म हुन्छ जसको नाम मात्र लिंदा मात्र पनि आत्म सन्तुस्टि अनि सुखानुभूतिको अनुभव हुन्छ । त्यस्तो एक सामाजिक अभियन्ताको नाम हो हेम बहादुर थापा (कुमार) । हेम बहादुर र उनकी जीवन संगिनी माया थापाको सेवा भावमा समर्पित गीत ‘असल मन’ सार्बजनिक गरिएको छ । डि. ए.आर. मुभिज एण्ड फिल्म्स इण्डस्ट्रिजको प्रस्तुतिमा असल कर्मले पहिचान बनाउन सफल दम्पतिको बारेमा प्रभावन जे को लय शब्द र सुमधुर स्वरकी धनि गायिका गिता देवी डि.एन.दाहाल (धनपति),प्रभावन जेको स्वर रहेको छ । डि. ए.आर. मुभिजका संरक्षक प्रभावन जे भविष्यमा सामाजिक कार्य गर्ने यस्ता व्यक्तिलाई समर्पित गरेर समर्पण भाकाका गीतहरुको सृजना गर्ने र धेरैलाइ प्रोत्साहन गर्ने बताउछन् । सार्बजनिक भिडियोलाइ रोशन झाले निर्देशन गरेका हुन् । जयन्द्र कुँवरले छायांकन गरेको भिडियोलाइ बिबेक सुनारले सम्पादन गरेका हुन् । भिडियोको परिकल्पना प्रभावन जेको रहेको छ ।
२०३१ सालमा तेह्रथुमको मोराहंगमा जन्मिएका हेम बहादुर थापा सानै देखि सामाजिक कार्यमा सक्रिय रहेका थिए । उनले गाउँमा मन्दिर बनाउने बिद्यालय बनाउने लगाएत बिपन्न बर्ग,असहायहरुको सेवा गरि नै रहे । हाल उनि अमेरिकामा रहेका छन् । उनले अमेरिकामा रहेर त्यहाँ पुगेर बिचल्ली परेका नेपालीलाइ सघाउने देखि नेपालमा रहेर समस्यामा पर्ने थुप्रै व्यक्तिको लागि आर्थिक सहयोग गरि सकेका छन् । उनि अमेरिकामा आफुले १८-२० घण्टा परिश्रम गर्ने र त्यो कमाइले नेपालमा रहेका अशक्तहरुका लागि सहयोग गर्ने व्यक्ति हुन् ।

 

तपाईको प्रतिक्रिया