श्रृङ्खलाको सफलतामा उनको परिवार, आफन्त, फ्यान, फलोअर्ससँगै अधिकांश नेपाली खुसी छन् र श्रृङ्खला मिस वल्र्ड भएको हेर्न आतुर छन् । आफ्नो देशलाई विश्वमाझ चिनाउने गरी मिस वल्र्डमा प्रतिस्पर्धा गरिरहेकी नेपाली चेली श्रृङखला खतिवडाले प्रस्तुत गरेको भिडियो हो, यो । अहिले मिस वल्र्ड प्रतिस्पर्धी श्रृङ्खलासँगै उनले आफ्नो परिचयमा देशको परिचय घोलेर प्रस्तुत गरेको भिडियो निकै चर्चित छ ।

हो, नेपाली चेली श्रृङखला खतिवडा अहिले मिस वल्र्डका लागि प्रतिस्पर्धा गरिरहेकी छन् । चीनको सान्या सहरमा भइरहेको मिस वल्र्ड प्रतिस्पर्धामा सहभागी विश्वका एक सय २१ सुन्दरीमध्ये श्रृङ्खला अन्तिम ३० मा पुग्न सफल भएकी छन् । र, बाँकी प्रतिस्पधीलाई उछिन्दै मिस वल्र्डको ताज पहिरने तयारीमा छिन्, उनी ।

उनले सन् २०१८ मा मिस नेपाल वल्र्डको ताज पहिरिदिएकी थिइन् । मिस नेपालका २५ प्रतिस्पर्धीलाई पछि पार्दै श्रृङ्खलाले मिस वल्र्डको यात्रा तय गरेकी थिइन् ।

मिस वल्र्डकी दावेदार श्रृङ्खला खतिवडाको पुख्र्यौली घर मकवानपुरको हेटौँडा हो । श्रृङ्खलाका बुवा प्रतिनिधिसभा सदस्य बिरोध खतिवडा हुन् भने आमा प्रदेश नम्बर ३ की प्रदेश सांसद मुनु सिग्देल हुन् ।

हेटौँडा एकेडेमीबाट प्रवेशिका उतीर्ण गरेकी श्रृङ्खलाले गोल्डनगेट इन्टरनेशनल कलेजबाट उच्च शिक्षा हासिल गरेकी हुन् । कविता लेख्नमा निकै रुचि राख्ने उनको सपना भने नेपालको प्रथम महिला प्रधानमन्त्री बन्ने छ । सन् २०१८मा मिस नेपाल वल्र्ड बनेपछि उनले मिस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाएकी हुन् ।

तपाईको प्रतिक्रिया