राजु बोहरा–काठमाडौँ । पानस डिजिटल प्रा.लि ले फेरी अर्को निकै मनछुने लोक दोहोरी गीतलाई बजारमा ल्याएको छ । उक्त गीत बिष्णु नेपालीको प्रस्तुतिमा “धोका” बोलको रहेको छ । पछिल्लो समयमा संयोग भन्दा बितोगका लोक दोहोरी गीत नै धेरै बजारमा आउने गर्दछ यसै भित्रको यो वियोगान्त गीतमा देवी घर्ति र सन्तोष परियारको सुमधुर स्वर रहेको छ । संसारको सबै भन्दा धेरै माया तिमीलाई गर्थें ………… तर यति धेरै माया गर्दा पनि आज कसैको अंगालोमा बाँधीएकि छ्यौ र त धोका भन्ने बल्ल थाहा भएको छु ………….. यस भाव बात सजिएको यस गीतलाई लय शब्द संगीत बिष्णु नेपालीको रहेको छ ।

निकै मनछुने ढंगबाट तयार भएको यस गीतको म्युजिक भिडियोमा संगीत बिष्णु नेपाली पारु नेपालि र बसन्त राहु मगरको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन निशान बानियाँले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन संगीत बानियाँले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया