लोकप्रिय गीत हरेक साँझ पछि बिरेन्द्र गुरुङकाे नयाँ गीत ”ज्यानै दिन्छु”को भिडियाे सार्बजनिक भएको छ नेपालकै वरिष्ठ सेलो गीतकार गोपाल गोलेको शब्द र गायक बिरेन्द्र गुरुङको स्वर र संगीतमा नयाँ गीत ”ज्यानै दिन्छु” को भिडियो सार्बजनिक गरिएको छ । नर्बु शेर्पाको संगीत संयोजन रहेको ”ज्यानै दिन्छु”को भिडियोमा हेरुका लामा र निरंजली लामा लाइ फिचर्ड गरिएको छ। अजय रेग्मीको छायांकन ,मनोज कार्कीको सम्पादन रहेको भिडियोलाइ दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका हुन् । मण्डली फिल्मले निर्माण गरेको ”ज्यानै दिन्छु’को म्युजिक भिडियोलाई शुक्रबार युटुव मार्फत हाइलाइट नेपालको युट्युब सार्वजनिक भएको हाे ।

कामको सिलसिलामा लामो समयदेखि बिदेशी भूमीमा रहेर पनि नेपाली गीत संगीतमा अनबरत लागेका गीतकार गोलेको धेरै गीतहरु यस अघि रुचाइएका छन । भने गायक गुरुङ पनि आधुनिक तथा सेलोगीतमा धादिंगकै कहलिएका गायक हुन् केहि महिना पहिला मात्र अमेरिका निवासी गीतकार सुरेश सेन सिम्खडाको शब्दमा ‘हरेक साँझ ‘ ल्याएका गायक गुरुङको उक्त गीतलाई पनि दर्शक हरुले मन पराएका थिए ।

२०५७ मा पहिलो सांगीतिक एल्बम प्रित बजारमा ल्याएर औपचारिक रुपमा नेपाली सांगीतिक बजारमा छाएका बिरेन्द्रले त्यसपछि २०६२ मा रित र २०६४ मा गहन गरि ३ वटा एल्बमहरु ल्याइसकेका छन् तेश्रो एल्बम पछि बिभिन यूरोपियन देशहरु बेल्जियम ,पोर्तुगल ,फ्रान्स ,लगायतमा आफनो सांगीतिक यात्रा तय गरिसकेका बिरेन्द्र नेपालका चर्चित भिडियो निर्देशकहरु आलोक नेम्वांग ,बिजय लामासंग काम गरिसकेका छन् । तिन वटा सांगीतिक एल्बम र धेरै सिंगल गीत सहित करिब ४ दर्जन गीतहरु बजारमा ल्याइसकेका गायक गुरुङ छिट्टै नै पुन: यूरोपियन देशहरुमा सांगीतिक कन्सर्टको लागि जाने तयारीमा छन् । धादिङको कटुन्जे स्थायी घर भएका गुरुङ गीत संगीतको अलवा राजधानीमा २ वटा होटेलहरुको व्यवस्थापकको रुपमा पनि सक्रिय छन् ।

तपाईको प्रतिक्रिया