राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा गायिका बिष्णु माझीको स्वरलाई अत्यधिक मन पराइन्छ । उनको सुमधुर स्वरलाई आफ्नो सांगीतिक कोसेलीमा भर्नका लागि पनि धेरै कलाकारहरुमा माझ होडबाजी चलिएरहेको छ । आर्थिक रुपले हेर्दा उनको स्वर आफ्नो सांगीतिक कोसेलीमा भर्नको निमित्त अलि बढी नै रकम तिर्न पर्ने हुन्छ । यसरी तिरिएको रकम र गायिका बिष्णु माझीको सुमधुर स्वरले सजिएको गीतको राम्रै दर्शकहरुको मन जित्ने गर्दछ । यसैलाई मध्यनजर गर्दै यति बेला शिरबन्दि डिजिटल म्युजिक प्रा.लि ले सिता धमलाको “अन्तिम चोटी” बोलको गीत सार्बजनिक गरेको छ ।

अन्य सांगीतिक कोसेलिहरुमा जस्तै बिष्णु माझीको सुमधुर स्वरलाई यस गीतमा पनि अशंख्य दर्शक तथा श्रोताहरुले आफ्नो उच्च रोजाइमा पार्दिनुहुनेछ भन्ने कुरामा निर्माण पक्ष ढुक्क रहेको छ । केशत लामाको लय र सिता धमलाको शब्द द्वारा सुसजित यस गीतमा गायिका बिष्णु माझीको साथमा केशर लामाको पनि सुमधुर स्वर सुन्न सकिन्छ । गीतको शब्द लय तथा स्वर निकै बलियो रहेको यस गीतको म्युजिक भिडियोमा आशिर प्रताप जंग, सिता धमला, र अन्जली वाइबा तामांगको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् भने छायांकन करन चैंसिर र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया