चर्चित गीतकार डिपी खनालको शब्द तथा कुन्दन थापाको संगीत रहेको ‘कपुरी क’ गीत भर्खरै मात्र रिलिज भएको छ । गीतमा रुपक चौधरीले आवाज दिएका छन् भने उदय राज पौडेलले संगीत सँयोजन गरेका छन् ।नेपालकै चर्चित नृत्य समूह कार्टुन क्रुका सरोज अधिकारीको निर्देशनमा भिडियो निर्माण भएको हो ।
कार्टुन क्रुजको कोरोयोग्राफी रहेको उक्त म्यूजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माका साथमा लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान र पेम्बा मगरको नृत्य रहेको छ । सरोज अधिकारीले निर्देशन गरेको यस भिडियोमा ज्ञानेन्द्र शर्माको छाँयाकंन र बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।
हेर्नुस् भिडियो:

तपाईको प्रतिक्रिया