काठमान्डाँै , मंसिर २९
मौलिक लोक सिर्जनाहरु साँगितीक बजारमा कम भैरहेको अवस्थामा मौलिक भाकाहरुलाई संरक्षण गदैँ गल्कोट म्युजिक प्रालीको प्रस्तुतिमा लोकप्रिय गायकहरु रामु विरही , प्रकाश रोक्का र गायिका धर्तिमा थापाको आवाजमा रहेको उत्कृष्ट पञ्चेवाजाको गीत “झल्को ” गीतको भिडियो सार्वजनिक भएको छ ।
निकै उत्कृष्ट शब्द तथा लय सिर्जना गरेर बजारमा ल्याइएको गीतमा विवाहमा आपसी रुपमा दुलाहा पक्ष र दुलही पक्षको रमाइलो भावलाई गीतमा समेटिएको छ । गीतमा बाग्लुङको गल्कोट मा गाइने भाकालाई समेटिएको छ । जिवनको सुख र दुखको ब्यथाहरुलाई गीतमा समेटिएको छ ।
धर्तिमा थापा मगर र प्रकाश रोक्काको लय तथा शब्द सिर्जना रहेको छ । बासु न्यौपानेको छायाँकन , रोशन धितालको सम्पादन , रेशम सापकोटाको निर्देशन भिडियोमा रहेको छ । “झल्को ” गीतमा रामु विरही , धर्तिमा थापा मगरको अभिनय रहेको छ ।

“झल्को ” हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया