कंगना रनौतको फिल्म ‘मणिकर्णिका द क्विन अफ झाँसी’को ट्रेलर १८ नोभेम्बरमा रिलिज भयो । ट्रेलर लन्च कार्यक्रममा कंगना रानी लक्ष्मी बाइ भएर प्रस्तुत भएकी थिइन् ।दर्शकले ट्रेलर खुब रुचाएका छन् । ट्रेलरको एक दृश्यमा कंगना एक्सनमा देखिएकी छिन् । सबै राम्रो भए पनि ट्रेलर केही दृश्यमा हल्का भएको जनाइएको छ । एक्सन सिनका लागि भिएफएक्सको प्रयोग भएको प्रस्टै देखिन्छ ।

केही सिन बलिउडका पछिल्लो समयका केही ऐतिहासिक फिल्मबाट कपी गरिएको आरोप पनि लागेको छ । बलिउडमा योभन्दा पहिले केही ऐतिहासिक फिल्म बनेका छन् । योेद्धामा आधारित यस्ता फिल्मको खास मजा फाइट र खतरनाक एक्सन सिन हुन् । नयाँ पत्रिकामा खबर छ । कंगनाले यिनै फिल्मबाट प्रेरित भएर नक्कल गरेको आरोप लागेको हो । ‘मेहोजोदारो’, ‘बाहुबली’, ‘जोधा अकबर’, ‘बाजिराओ मस्तानी’लगायत फिल्मबाट प्रेरित भएको उनीमाथि आरोप छ ।

तपाईको प्रतिक्रिया