काठमाडौं, पुष ६ । नेपाल आइडल सिजन २ को उपाधि कञ्चनपुरका रवि ओडले जितेका छन् । शुक्रबार नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको ‘ग्रान्ड फिनाले’ मा बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीलाई पछि पार्दै रविले नेपाल आइडलको उपाधि जित्न सफल भएका हुन् ।

रविले के–के पुरस्कार पाए ? : ‘मन जित्छ उसले, सुमधर गाउँछ जसले’ भन्ने ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडलको दोस्रो संस्करण विजेता रविले २० लाख रुपैयाँ, एउटा होन्डा डब्लूआर–भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगद पाएका छन् ।

साथै, उनले एउटा एल्बमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाउने छन्। फस्ट रनरअप बिक्रम बराल, सेकेण्ड रनरअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी बने । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो ।

तपाईको प्रतिक्रिया