आफनो विगतलाई कसरी सम्झनुहुन्छ ?

पुराना भिडियोहरू हेर्छु, मलाई त्यतिबेलाको काम खुब मिस हुन्छ । त्यस्तो रहेछु, अहिले यस्तो भएँ भन्ने सोच्छु । म एकदमै क्रियाशील थिए , आफना अनुभव र अनुभुतिलाई सम्झिदा चलचित्रको कथा जस्तो लाग्छ ।

धेरै चलचित्रका गीत तथा निर्देशन गर्दैँ कथा लेखनमा पनि सक्रिय हुनुहुन्छ कस्तो विषय बस्तुले तपाईलाई ध्यान केन्द्रित गर्छ ?

मलाई काल्पनिक भन्दा पनि बास्तविक भोगाईमा आधारित रहेर जिवनका आरोह अवरोहका गीत तथा चलचित्रको कथा लेख्न मनपराउछु । अहिले पनि सामाजिक विषय वस्तुको चलचित्रको स्किृप्ट लेखनमा ब्यस्त रहेको छु ।

पछिल्लो चलचित्रबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

धेरै राम्रो प्रतिक्रिया आएको छ । आम दर्शक तथा श्रोताको पहिलो रोजाइमा बस्न सफल भयो त्यो कुरा नै जिवनको पहिलो सफलता भएको महसुस भएको छ ।
वास्तबिक जीवन र रिल (पर्दामा देखाइने) जीवनको कहीँ मिलन पनि हुँदो रहेछ ?

वास्तविक जिन्दगीकै एउटा निचोड हो फिलिम पनि । वास्तबिक जिन्दगीमा धेरै भोगाइहरू हुन्छन् त्यही विशेष लागेका चिजहरू समेटेर फिलिम बनाइन्छ । रियल लाइफकै पाटाहरू समेट्ने हो त्यसमा । एक किसिमले भन्दा जिन्दगी भनेकै फिलिम र फिलिम भनेकै जिन्दगी हो ।
चलचित्रमा बास्तविक कथाको डिजाइन कसरी हुँदोरहेछ ?

अलिकति वातावरणका कारणले, अलिकति घरपरिवार, अलिकति समाज, अनि आफ्नै जीवनशैली अन्य कतिपय क्रियाकलाप मिलेर हुँदोरहेछ ।

तपाईं रमाइलो मान्छे तर गीत लेखनमा बढी सेन्टिमेन्टल देखिनुहुन्छ, किन होला ?

म पनि कहिलेकाहीँ त्यही सोच्छु । मेरा सबै नेवारी गीत चाहिँ रोमान्टिक नै छन् तर नेपालीचाहिँ रोमान्टिक लेख्छु भनेर सुरु र्गयो लेख्दा–लेख्दै सेन्टिमेन्टल भैहाल्छ । म प्रायस् नारायणगोपालका गीत सुन्ने भएकाले त्यसको प्रभाव पनि हुन सक्छ ।

तपाईको प्रतिक्रिया