काठमाडौं । हास्य व्यंग्य कलाकार मनोज गजुरसँग सम्बन्ध विच्छेद् गरेकी मिना ढकालले डिभोर्सको पहिलो वार्षिकोत्सव मनाएकी छन् । गत वर्ष पति गजुरेलसँग सम्बन्ध विच्छेद् गरेकी मिनाले बुधबार डिभोर्सको वार्षिकोत्सव मनाएका हुन् ।

डिभोर्सपछि विभिन्न कारणले चर्चामा रहँदै आएकी मिनाले नयाँ बानेश्वरस्थित आफ्नै बुटिकमा वार्षिकोत्सव मनाएकी हुन् ।श्रीमानसँग डिभोर्स भएको एक वर्ष पुरा भएको अवसरलाई उत्सवका रुपमा मनाएकी उनले आफ्ना निकट शुभचिन्तकहरु तथा मिडियाकर्मीहरुलाई बोलाएर र चियापान आयोजना गरेर वार्षिकोत्सव मनाएकी हुन् ।

तपाईको प्रतिक्रिया