काठमाडौ । आज आज भनेर डिबि श्रेष्ठलाई बिनिताले धरानमा बोलाए पछि तनाव भएको छ । कहिले धादिङ त केहिले पश्चिम बोलाए पछि दुवेजना अलमलमा परेका छन् । खासमा यो कुरा रियलमा नभएर गीतमा भनिएको हो । पत्रकारितामा कलम चलाइरेका भोला अधिकारी फेरि नयाँ म्युजिक भिडियामो देखा परेका छन् ।

आज आज बोलको म्युजिक भिडियोमा उनि अभिनय मार्फत आएका छन् । पुर्बै मोरङको, पिर नगर सानू लगायत सुपर हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारीको अभिनयमा आज आज बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । डिबि श्रेष्ठको शब्द, संगीत र आवाज रहेको यस गीतमा गायिका विनिता राईले पनि आवाज दिएकी छन् । उनको यो पहिलो गीत हो ।

दुइ मायालु जोडिको रोमान्सलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ । केबी भण्डारीको एरेन्ज गरेको गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन । जनकराज अधिकारीको छायाँकन, राज कार्कीको सम्पादन, अनिल मगरको नृत्य निर्देशन रहेको छ । ुआज आजु गीतमा पत्रकार भोला अधिकारी र मनु थापाको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई भोला आफैले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया