काठमान्डौँ , पुस १५
झझल्को म्युजिक प्रालीको प्रस्तुतीमा नेपाली लोकदोहोरी गीतमा वियोगान्त ल्याएर सर्वाधिक दर्शक तथा स्रोताको नजरमा रहेका गायक पुष्कल शर्मा र गायिका विष्णु परियारको आवाजमा सजिएको “ मेरो आखाँ ” बोलको गीत सार्बजनिक भएको छ ।
धेरै रोमान्टिक गीतलाई आम दर्शक माझँमा निकै समय पछि बजारमा ल्याउदा निकै खुशी लागेको गायक पुष्कलले बताए । आफ्नो सिर्जना पस्किएर असङख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल सर्जक रामु सुवेदीको शब्द तथा बहुमुखी प्रतिभाका धनि दिलिप रेग्मीको गीतमा लय सिर्जना रहेको छ ।
यस गीतको म्युजिक भिडियोमा शुत्र लामा , राज मगर , डेनिसा खड्का र सर्मिला मगरको रोमान्चक अभिनय सहित नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन नरेन श्रेष्ठ , छायांकन मरुभुमी नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया