काठमाडौ । लोकदोहोरी कलाकारहरुले फरक फरक धारका गीतहरु बजारमा ल्याउने गरेका छन् । हालै लोकदोहोरी गायक दिवस गौत्तम र गायिका लिला सुवेदीको आवाजमा ‘ बुढी हराई ’ गीतको भिडियो सार्वजनिक भएको छ । जेशिका इन्टरटेन्मेन्टको प्रालीले बार्षिउत्सवको अवसरमा यस गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । निकै मार्मिक सन्देशमुलक लोकदोहोरी गीत गायक दिवस गौत्तम र गायिका लिला सुवेदीको आवाजमा ‘ बुढी हराई ’ सार्वजनिक भए लगत्तै चर्चामा रहेको छ ।

दिवस गौत्तमको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । गीतमा हजारौ परदेश गएका युवाको कथालाई समेटिएको छ । पराईको देशमा पसिना बगाइरहेको अवस्थामा आफनी प्राण प्यारीले अरुलाई नै लिएर बेपत्ता पार्ने गरेको यर्थात कुरालाई देखाउन खोजिएको छ । परदेशमा रहेका परदेशीको सत्य भोगाईलाई गीतमा समेटिएको छ ।
भिडियोलाई अहिलेका चर्चित क्यामेरामेन जनक अधिकारीको छायाँकन छ भने , मिन प्रकाश ओलीको निर्देशन छ । भिडियोलाई गौतम ,संगिता र मधु भटटको जिवत्त अभिनय रहेको छ । केबी भण्डारीको एरेन्ज रहेको गीतलाई सुवास कुथुमी राईको रेकर्डिङ छ ।

‘ बुढी हराई ’ गीतको भिडीयो हेर्नुहोस

तपाईको प्रतिक्रिया