फरक शैलीका गीत गाउन रुचाउने ,सिपालु युवा गायक तथा संगीतकार उत्तम थापा मगरले यसपाली गण्डकी प्रदेशको लोकप्रिय भाका कौडागीतमा आफ्नो क्रियसन प्रस्तुत गरेका हुन् । उत्तम थापा मगरले ”सानान्नी” बोलको कौडा गीतकाे रमाइलो भिडियाे सार्वजनिक गरेका छन । उत्तमकै शब्द संगीतमा रहेकाे उक्त गीतलाइ दुर्गा गुरुङले एरेन्ज गरेका छन । उत्तमलाइ फेमेल भोकलमा गायिका कुशु गुरुङले साथ दिएकी छिन ।
अभिज बज्राचार्यको क्यामेरा सुप्रिम पराजुलीको सम्पादन रहेको ”सानान्नी”को म्युजिक भिडियोलाई चित्र मगरले निर्देशन गरेका हुन
नायिका आरुषी मगर र उत्तम थापामगरको अभिनय रहेको भिडियोमा बिशेषगरी कौडा नृत्यलाइ देखाउन खोजिएको छ
२०६५ सालदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भएका संगीतकर्मी उत्तमले यसअघि आधुनिक तथा सुगम शैलीमा आधारित चार वटा एकल गीति एल्बम र दर्शक तथा स्रोतामाझ ल्याइसकेका छन् । उनकाे मै काले, विदेशीएकाे, आखा भरि, मैच्याङकाे गालैमा, जाेर मादल र मगर भाषाकाे गीत ‘साली’ चर्चित रहेका छन ।
ललितकला क्याम्पसमा संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका संगीतकर्मी मगर भारतको इलाहावाद संगीत विद्यालयबाट छैटौं वर्षको अध्ययन पूरा गरिसकेका छन् । वर्ष २०६७ र ६८ मा उनले त्यहाँबाट स्वर्ण पदक पनि प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया