पछिल्लो समय भिडियो निर्देशनमा व्यस्त समेत रहेका युवा गायक गौरव गिरीको ‘छोर्याट्टी’ देउडा गीत सार्वजनिक भएको छ । सुशील बोहोराको शब्द,संगीत रहेको देउडा गीतमा चर्चित र्यापर अराज केशवले पश्चिमकै भाषामा बडो अनौठो शैलीमा प्रस्तुत गरेका छन् ।
निशा बोहोरा र दिलीप भट्टको अभिनय रहेको म्युजिक भिडियो निर्देशन गौरवले नै गरेका हुन् । टंक केसीको छायांकन र विजय टिखाथरीको सम्पादन रहेको देउडा गीतको भिडियो म्युजिक नेपालबाट सार्वजनिक भएको हो । पछिल्लो समय देउडा भाकालाई फरक प्रस्तुत गर्ने प्रचलन बढेसँगै सुशील बोहोरासँगको सहकार्यमा रोमान्टिक देउडा सार्वजनिक गरिएको गौरवले बताए ।

तपाईको प्रतिक्रिया