मोरङ । दुनियाँलाइ तर्साउने “चुप्पी डन” लाइ रूद्राक्ष डनले उल्टै तर्साएका छन् । चुप्पी डनको नामले चर्चामा रहेका यज्ञ बहादुर कटुवालले अभिनय गरेको छोटो चलचित्र “चुप्पी डन” युटूव मार्फत सार्वजनिक भएको छ । चुप्पी डन,रूद्राक्ष डन तथा चतुरे डन तीन जना डनहरूको मुख्य भुमिका रहेको “चुप्पी डन” छोटो चलचित्र पुर्णतया मनोरञ्जनात्मक चलचित्र हो ।हाम्रो समाजमा रहेका बिभिन्न चरित्र हरूलाइ तीनै जाना डनहरूले निवार्ह गरेका छन।

“चुप्पी डन” नेपाली समाजको मौलिक परिवेसमा निर्माण भएको र समाजमा रहेका अनेकौं पात्र हरूको मनोबिज्ञानमा आधारित रेहेर तयार पारिएको छोटो चलचित्र हो ।अहिलेको समाजमा बिभिन्न बाल बालिका तथा फरक आचरण र शारीरिक अवस्थलाइ लिएर राम्रो काम पनि नभएका होइनन् तर उनिहरूका नाममा कतिपय ब्यक्तिहरूले कमाइ खाने भाडो पनि बनाएका छन भन्ने कुरालाइ हास्य शैलिमा प्रस्तुत गरिएको छ ।

“चुप्पी डन” श्रृष भुमिकामा यज्ञ बहादुर कटुवाल छन भने अर्को पाटो लाइ प्रतिनित्व गरेका छन रूद्राक्ष लिम्बुले अन्य कलाकार हरूमा मनोज खत्री , सुज्ञानेन्द्र कोइराला,शर्मिला कोइराला, सुवास अधिकारी,पुनम प्रर्साइ,मनिस खत्री र केशव कार्कीको साथमा बाल कलाकार सर्बज्ञान कोइराला लगायतले अभिनय गरेका छन् ।

मनोज खत्रीको लेखनमा ,ज्ञानेन्द्र कोइरालाको छायांकन,सर्बज्ञान फिल्मस्को सम्पादनमा ज्ञानेन्द्र कोइरालाको निर्देशन रहेको छ। हेर्नुहो यो “चुप्पी डन” को भिडियो ।

तपाईको प्रतिक्रिया