गायिका मेलिना राइ र गायक टम्पाशेर राइको युगल स्वरमा नयाँ गीत ”काठैमा काटी दरबार”को म्युजिक भिडियो सार्वजनिक भएको छ । हाइलाइटस नेपालबाट शुक्रबार साझ रिलिज गरिएको गीतमा टम्पाशेरको नै शब्द र संगीत छ भने गीतलाई पावल चामलिंग राइले संगीत संयोजन गरेका हुन । ”काठैमा काटी दरबार” म्युजिक भिडियोमा मोनिका राइ र टम्पाशेरको नै अभिनय गरेका छन् भिडियोमा बिशेष गरी आफ्नो साइनोमा बिहेबारी गरिने चलनलाइ देखाउन खोजिएको छ ।


आशिक राइको निर्देशनमा बनेको भिडियोमा बिक्रम कार्कीको क्यामेरा र बिकाश धमलाको सम्पादन गरिएको छ । उदयपुर गाइघाटका टम्पाशेर राइले विभिन्न २ दर्जन गीतमा संगीत र १ दर्जन गीत रेकर्ड गरिसकेका छन् भने उनि पछिल्लो समय नया नया गीत रेकर्ड र भिडियो निर्माणमा ब्यस्त छन अबको केहि हप्तामै नया गीतको भिडियो ल्याउन राइ शुक्रबार नै भिडियोको छायांकनको लागि काभ्रेको धुलिखेल पुगिसकेका थिए।

तपाईको प्रतिक्रिया