काठमाडौं । कृष्णनगरका श्याम कुमार मिश्रालाई यतिबेला भ्याई नभ्याई छ । गायक तथा नायक श्याम कुमार मिश्रालाई कपिलवस्तु जिल्लाको तिलौराकोटमा एकीकृत रा।प्र।पा। राष्ट्रवादी क्षेत्र नं।२ को क्षेत्रीय भेलाले केही दिन पहिले एकीकृत रा।प्र।पा। राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनित गरेको थियो ।

यसै साता पुर्व राजा ज्ञानेन्द्र शाहसंग पोखरामा भेटघाट गर्न र देशको बर्तमान अवस्ताको समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल गर्न पुगेका थिए । मुक्ति मञ्च नेपालका अध्यक्ष समेत रहेका मिश्रा यतिबेला भोजपुरी गीतको सिडि एल्बन श्रोता माझ ल्याउने तयारीका लागि ब्यस्त छन् । के।के। सिंहको संगितमा ‘गोरी तु तो बाटु रुपके खजना, देखा हम तो बाटी हो तोहरे दिवाना।

’ बोलको भोजपुरी पप गीतको रेकडिङ कार्य भैरहेको छ । भोजपुरी गीत, संगीतको क्षेत्र र नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने क्रममा रहेका मिश्र आफ्नो व्यवसाय बाहेक कलाकारीतामा पनि निरन्तरता दिने बताउछन् । नेपाली गीत पनि गाउने भएका छन् ।

तपाईको प्रतिक्रिया