नेपाली तारा-२ बिजेता गायक सन्तोष लामाको ‘बिर्सन सक्दिनँ’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । मंगलबार गायक लामाकै अफिसियल युट्युब च्यानल सन्तोष लामा मार्फत भिडियो सार्वजनिक भएको हो । ‘अक्षता’ एल्बममा रहेको गीत ‘बिर्सन सक्दिनँ’ मा न्यूह बज्राचार्यको संगीत र रोशन भट्टराईको शब्द छ ल
एल्बमका सबै गीत प्रेम भावका छन् । भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका छन् । मलेसियामा सुटिङ गरिएको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका छन् l उक्त भिडियोमा फुर्वा दोर्जे मोक्तान र सावित्री थिङ फिचर्ड छन् । ‘अक्षता’ एल्बमकै अर्को गीत ‘मायालु मुहार’ यसअघि नै सार्वजनिक भइसकेको छ ।

तपाईको प्रतिक्रिया