राजु बोहरा–काठमाडौँ । नेपाली डिजिटल बजारमा भाईरल जोडी मेक सारु र मुना मगरले पछिल्लो समय तहल्का नै मच्चाएका छन् । उनै दाजु बहिनीको नयाँ गीत “लाहुरे दाईको बैना” बोलको गीत भर्खरै सार्वजनिक भएको छ । गायक मेक सारु मगरको शब्द तथा लय रहेको गीतमा स्वयम् सारु मुना मगर र जमुना राना ले स्वर दिएका छन् ।

डोलराज बारघरे मगरको संगीत सन्योजन ( एरेन्ज ) रहेको गीतलाई निर्देशक मौसम हिमाली ले निर्देशन गरेका हुन् । शेखर घर्ती मगर र मुना मगरको सुन्दर अभिनय रहेको गीतलाई करण चैसिरले छायांकन तथा मनोज कार्कीले सम्पादन गरेका हुन् । गीतलाई ग्यालेक्सी म्युजिक प्रा ली ले आफ्नो अफिसेल युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया