राजु बोहरा–काठमाडौँ । स्वदेशको माया छातीमा भए पछी बिस्वको जुनसुकै कुनाकन्दरा पुगे पनि आफ्ना बाल्य जिबन, आफ्नै गाउँ वस्तीको झल्को र रितिरिवाजलाई कहिल्यै भुल्न सकिन्न भन्ने ज्वलन्त उदाहरण हाल नर्वेमा रहेका बहुप्रतिभासाली कलाकार गंगा प्रसाद घिमिरेले पेश गरेका छन् । उनले केहि समय अगाडी मात्रै “पुर्बेली मायाले” बोलको गीत बजारमा ल्याएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जितिसकेका छन् ।

यस लगत्तै उनले आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ “नाच मारुनी” बोलको गीत पनि हालै बजारमा ल्याएका छन् । गंगा प्रसाद घिमरेको यस गीतमा सम्झना ओलीले स्वरमा साथ दिएकी छिन् । गीत निकै उकृष्ट बनेको छ यो उत्कृष्ट गीतलाई लय शब्द भानु ओलीले भरेका छन् । यस गीतको म्युजिक भिडियोमा गायक स्वयम् गंगा प्रसाद घिमिरे र दिक्ष्या सिवाकोटीको अभिनय रहेको छ ।

रामजी थापा रोचकको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई कोरियोग्राफी सन्तोष मगर र छायांकन धर्म प्रसाईं र सम्पादन उत्तर राना मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया