पप गायक सुजन ढकालको गीत “सुनकेशरी”गीतको म्युजिक भिडियोको शुटिङ सकिएको छ।गायक ढकालकै शब्द, सगीत र स्वर रहेको गीतमा मानषी किरणको सगीत संयोजन रहेको छ।छिट्टै नै सार्वजनिक गरिन लागेको गायक ढकालको सोलो डेब्यु एल्बम ‘डेप्थ’मा समाबेश “सुनकेशरी”गीतको म्युजिक भिडियोलाई ललितपुरको विभिन्न रमणीय ठाउमा छायांकन गरिएको छ।

सुजन ढकाल र माधव अधिकारीको कन्सेप्ट एबम निर्देशनमा तयार हुदै गरेको भिडियोमा भने बिकाश अधिकारी र निकेश महर्जनको सिनेमाटोग्राफी रहेको छ भने चर्चित मोडेल सुजना ढकाल र यसै गीतको भिडियो मार्फत डेब्यु गर्दै गरेका दिवस खडकाको अभिनय रहेको छ ।अहिले पोस्टको काम हुँदै गरेको र अब केही दिनमै एक कार्यक्रम गरी भिडियो सार्वजनिक गरिने गायक ढकालले जानकारी दिनु भयो ।

 

तपाईको प्रतिक्रिया