राजु बोहरा काठमान्डौ ४ – साकुरा मल्टी मिडिया हाउसको प्रस्तुतीमा लोकप्रिय गायक चन्द्र शर्मा र गायिका अमृता श्रीपालको नयाँ साँगीतीक कोसेली “आगनीमा रन्क्यो सहनाई घन्क्यो पञ्चेबाजा” भर्खरै मात्र बजारमा आएको छ । आफ्नै कला संस्कृति र मौलिकता भित्र रुमलिएको यस गीतमा चन्द्र शर्मा र अमृता श्रीपालको सुमधुर स्वर सुन्न सकिन्छ ।

चन्द्र शर्माको शब्द र राजन ठकुरीको लय सिर्जनाबाट सजिएको यस गीतको म्युजिक भिडियोमा अर्जुन गीरी र सारिका केसीको अभिनय हेर्न पाईन्छ । चन्द्र शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रिय सदस्य पनि हुन् । सार्बजनिक भएको यस गीतको म्युजिक भिडियो शंकर बिसीले निर्देशन गरेका हुन् भने सम्पादन नविन घर्तीको रहेकोछ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया