राजु बोहरा काठमाडौं, ४ माघ । थाईल्याण्डमा यहि साता सम्पन्न भएको अन्तर्राष्ट्रिय छाँयाछबी अनर अवार्ड २०१८ मा महिला मोडल तर्फ सुर्खेती नायिका तथा मोडल दिपाशा बि.सि (जलपरी) ले हात पारेकी छिन् । उनले बिगत निकै लामो समय यता नृत्य तथा अभियन मार्फत बिभिन्न गीत संगीतको म्युजिक भिडियोमा अभिनय गरेर अशंख्य दर्शकहरुको मन जित्न सफल भैसकेकी छिन् ।

महिला मोडल तर्फ अवार्ड हात पारेपछी दिपाशा बि.सिले आफ्ना सम्पूर्ण दर्शकहरुका साथै कलाकारिता क्षेत्रका सहयात्री सम्पूर्णलाई खुसि ब्यक्त गरेकी थिईन् । अवार्ड प्राप्त गरेपछि सबैलाई धन्यवाद ब्यत गदै उनले भनेकी छिन्, यहाँहरु सबैको साथले अझै आगामी दिनहरुमा निकै हौसलाका साथ् आफ्नो कलाकारिता यात्रालाई शसक्तता दिंदै अगाडी बढ्ने प्रोत्साहन मिलेको छ ।

अवार्ड कार्यक्रम छाँयाछबी कृयशनले आयोजना गरेको थियो । शान्ती प्रियको अध्यक्षता रहेको कार्यक्रमलाई खुश्बु खड्काले संयोजन गरेकी थिईन ।

तपाईको प्रतिक्रिया