नेपाली पप सांगीतिक बजारमा भर्खरै मात्र औपचारिक मात्र प्रवेश गरेका गायक सुजन ढकालले’ इरा म्युजिक अवार्ड २०१९’ हात पारेका छन।
उनले ‘डेप्थ’ एल्बममा समाबेश गीत ”तिमि नै तिमि ”बाट ‘बेस्ट न्यु पप आर्टिस्ट मेल’ मा अवार्ड पाएका हुन्। ”तिमि नै तिमि ”गीतमा शब्द ,संगीत पनि सुजन ढकाल को नै छ भने संगीत संयोजन मानषी किरणको रहेको छ । क्रियटिभ मिडियाको आयोजनामा भएको उक्त अवार्ड बिहिबार सम्पन्न भएको थियो । पहिलो सांगीतिक अवार्ड पाउदा कस्तो अनुभव भएको छ भन्ने प्रश्नमा उनले मुस्कुराउदै आउने दिनमा सांगीतिक कर्ममा राम्रो र स्तरिय काम गर्ने थप हौसला मिलेको बताए । हेर्नुस ”तिमि नै तिमि ” गीत

तपाईको प्रतिक्रिया