http://www.youtube.com/watch?v=QIPQbOg9T2M

नेपालमै पहिलोपल्ट कुकुरको समवेदना पोख्दै, गीत लेख्दै र गाउदै आइरहेका गायक प्रवीन बज्राचार्यको पछिल्लो समय पनि धेरै गीत र म्युजिक भिडियोहरु सार्वजनिक भैरहेका छन । उनले करिब १ बर्षको बिचमा ६ वटा म्युजिक भिडियोहरु रिलिज गरिसकेका छन ।उनले १ महिना अघि मात्र ”जिन्दगीको” र ”पानी पर्यो”को भिडियो रिलिज गरेका थिए।

करिब २ दशक अघिबाट संगीतको औपचरिक पढाई बी म्युजिक सकेर नेपाली पप सांगीतिक दुनियामा होमिएका प्रवीनको करिब ३ दर्जन भन्दा बढी गीतहरु आइसकेका छ्न भने २५ वटा भन्दा बढी म्युजिक भिडियोहरु आइसकेका छ्न। सानै देखि डग लभर प्रवीनको धेरै गीतहरुमा कुकुरको समवेदना पोखिएको हुन्छ भने धेरै भिडियोहरु पनि कुकुरहरुको नै प्रयोग गरिएको हुन्छ आफ्नै शैली र फरक फरक किसिमका गीतहरु गाउन र रुचाउने प्रबीनको भिडियोमा पनि फरकपन पाइन्छ। त्यस्तै उनले बलिप्रथा को बिरोधमा पनि ”बोल्न सक्दिन” गीत ल्याइसकेका छन । कुकरप्रेमी प्रबीन गीतमा पनि कुकुरको भावनाका कुरा गर्ने प्रविन समय मिलेसम्म कहिले डग सो गर्ने भन्दै दौडिरहेका हुन्छन्, कहिले डग पार्टीको मेलोमेसो मिलाइरहेका हुन्छन् ।
हेर्नु प्रविनको गीतहरु भिडियोहरु

 

तपाईको प्रतिक्रिया