काठमान्डाँै , माघ ८
आफनो मातृभुमी नेपाल प्रति समर्पित हुदैँ गायक सरोज गुरुङको आवाजमा सजिएको देशभक्ति गीत ‘ बुद्ध जन्मेको देश मेरो’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा देश प्रतिको माया र गौरवको गाथालाई समेटिएको छ । आफनो सस्कार र सस्कृतिलाई जगाउने तर्फ गायक निकै अगाडि रहेका छन । आफु विश्वको जुन कुनामा भएपनि नेपाली माटो आफनो लागी प्यारो भएको कुरा गीतमा समेटिएको छ । गीतमा पुष्पराज बरालको शब्द तथा संगीत रहेको छ । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन , चर्चित भिडियो निर्देशक जसु याक्खाको निर्देशन भिडियोमा रहेको छ । अद्धियाना याक्खा , एन्जिला खरेल , एलिसा खरेल , प्रजोल गुरुङ र जस्टिन याक्खाको अभिनय भिडियोमा रहेको छ ।
‘बुद्ध जन्मेको देश मेरो ’ भिडीयो हेर्नुहोस

तपाईको प्रतिक्रिया