मोरङ । पुर्वेलीलोक गायक महेश बुढाथोकीले नयाँ गीतको म्युजिक भिडियो बजारमा लिएर आएका छन् । काफल गेडी कुटुक्कै ,ले चर्चामा आएका महेशले पछिल्लो समय ‘पथरी बजार’ बोलको गीतलाई पथरी बजार मै छायाँङ्कन गरिएको छ । अमेरिकामा बस्दै आएका महेश नेपाल आएको मौकामा आफ्ना स्रोता दर्शकलाई कोसेली स्वरुप पुर्वेलीलोक भाका ‘पथरी बजार’ बोलको म्युजिक भिडियो दिएका छन् ।

आफ्नै शब्द संगीतमा आफ्नै गाउ ठाउको सेरोफेरो बनाएर गीत बनाएका छन् । अशोक राइको एरेन्ज, हेमन तामाङको सम्पादन छ । दिनेश कोइराला र अनु मगरको अभिनय रहेको म्युजिक भिडियोमा सुमन तामाङको निर्देशन रहेको छ । गीतलाई पुर्वेलीजुनतारा प्रालीले बजार व्यवस्थापन गरेको छ ।

तपाईको प्रतिक्रिया