राजु बोहरा–काठमाडौँ । स्थायी घर नेपाल पथरीशनिश्चरे वडा नम्बर ३ र हाल नर्वेमा रहेका गायक गंगा प्रसाद घिमिरेको अर्को लोक सांगीतिक प्रस्तुति “बिन्दास जिउने हो” बजारमा आएको छ ।केहि महिना अगाडी मात्रै “पुर्बेली मायाले” बोलको गीत बजारमा ल्याएर चर्चा बटुलेका गंगाको उक्त गीत “नाच मारुनी सहित” यो तेश्रो प्रस्तुति हो । उनले पुर्बेली मायाले बोलको गीतबाट भर्खरै सम्पन्न भएको एपिक नेपाल म्युजिक अवार्ड २०७५ पनि हात पारीसकेका छन् पहिलो सांगीतिक प्रस्तुतिले नै यसरी चर्चामा पुर्याएपछी गंगा थप यस क्षेत्रमा रहन हौसिएका छन् ।

गंगा प्रसाद घिमिरेको पछिल्लो पटक बजारमा आएको “बिन्दास जिउने हो” बोलको गीत संदेश मुलक रहेको छ । कुनै पनि पिर बेथालाई रक्सि सेवन गरेर भुलाउने मानिसको सोचलाई बदल्न यस गीतले महत्वपुर्ण भूमिका निर्बाह गर्नेमा उनि ढुक्क रहेका छन् । भोजराज काफ्लेको लय तथा शब्दमा तयार भएको प्रस्तुत गीतमा गंगा प्रसाद घिमिरे र पार्वतीको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतको भाव जस्तै म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा गंगा आफै देखिएका छन् भने उनलाई आशा खड्का, बिक्रम क्षेत्री र मिंग्मा तामांगको पनि अभिनयमा साथ् मिलेको छ । भिडियोलाई निर्देशन भोजराज काफ्लेले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन प्रदिप दाहालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया