राजु बोहरा–काठमाडौँ । युवा स्वरोजगारको सुव्यवस्था स्वदेशमा नहुँदा कयौं नेपालीहरु पछिल्लो समय पर्देसिन बाध्य बनिरहेका छन् । यसरी पर्देशिदा आफ्नो आमाको उद्रिएको चोली र बाबाको फाटेको टोपी फेरिदिने ठुलो चाहना हुने गर्दछ । यो मात्र नभई आफ्नो लालाबाला लाई उच्च सिक्षा दिन र आफ्नो अर्धांगिनीको अन्यकौं चाहनाहरुमा मलम लगाउने पनि ठुलै चाहना हुने गर्दछ । तर यसरी परदेश पसेपछी पूर्ण घर सम्हाल्ने आफ्नी अर्धांगिनीले बल्ल बाटो खुलेको महसुस गर्दै अर्को छुट्टै स्वर्णिम संसारमा रमाउन पुगेको घटना पनि हाम्रो समाजमा देखिंदै आइएको छ ।

हो यस्तै पेरिफेरीमा एक सामाजिक यथार्थता संग सम्बन्धित गीत “पापिनिलाई बाटो खुलेछ” भर्खरै बजारमा आएको छ । दिनेश रन्जनको प्रस्तुतिमा रहेको यस गीतलाई लय गायक स्वयम् दिनेश रन्जनले भरेका हुन् भने शब्द रमेश बि.जी को रहेको छ । दिनेश रन्जन र जुना श्रीष मगरको सुमधुर स्वर रहेको यस गीतको म्युजिक भिडियो पनि सामाजिक यथार्थतालाई छर्लंग हुने गरेर तयार पारिएको छ ।

भिडियोमा कमल भुसाल “चंचल” दिपक थापा र दिब्य खनालको अभिनय देख्न सकिन्छ । यो मात्र नभई यस गीतको म्युजिक भिडियोलाई बाल कलाकार अर्बिन थापा, संदेश भुसाल, झरना भुसाल र दिपक भुसालको अभिनय अझै जिबन्तता दिएको छ । भिडियोलाई निर्देशन दिपक थापाले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन टेकेन्द्र शाहले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई संदेश क्रियसन प्रालिले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया