केहि समय अगाडी मात्र आफनै शब्द संगीतमा ‘स्वर्ग खोज्दा’गीत सार्वजनिक गरेका सर्जक इन्द्र नारायण चोंगबांङ अब गायक पनि भएका छन । इन्द्र नारायणको शब्द संगीत र स्वरमा ”छप्प छप्प ”गीतको म्युजिक भिडियो आइतबार मात्र सार्वजनिक गरिएको छ। नेपाली लोक शैलीमा गाइएको”छप्प छप्प ”मा राजु कार्कीको संगीत संयोजन र मिक्सिंग रहेको छ भने म्युजिक भिडियोमा एकताकाकी चर्चित नायिका पुजना प्रधान र सुरेन्द्र बसेल अभिनित रहेको छ। पछिल्लो समय म्युजिक भिडियोको निर्देशनमा ब्यस्त रहेका निर्देशक जीवन शाहीको निर्देशनमा बनेको उत्सव दाहालले खिचेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन।
इटहरी घर भई हाल मकाउमा रहेर पनि नेपाली सांगीतिक छेत्रमा अनबरत लागिरहेका सर्जक इन्द्र नारायणको शब्द संगीतमा यस अघि नेपालको चर्चित गायक गायिकाहरु रामकृष्ण ढकाल ,प्रमोद खरेल,अन्जु पन्त,मेलिना राई, राजेश पायल राइ , शिव परियार लगायत धेरैले गीतगाइसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया