राजु बोहरा–काठमाडौँ । नेपाली लोक होस् अथवा पप तथा आधुनिक, सबै किसिमको गीतको गायन विधाबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका सिर्जु अधिकारी हिजो आज निकै ब्यस्त रहेकी छिन् । उनि अहिले पनि बिभिन्न देश तथा विदेशका स्टेज कार्यक्रमहरुमा ब्यस्त रहेकी छिन् । आफु ब्यस्त रहेपनि सिर्जुले नेपाली गीत संगीतका अनुरागीहरु माझ फरक-फरक स्वादका सांगीतिक कोसेलीहरु बजारमा ल्याइरहेकी छिन् ।

उनले केहि समय अगाडी मात्रै “ब्याण्ड बाजा” नामक सांगीतिक कोसेली आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरेर अशंख्य दर्शकहरुको मन जितिसकेकी छिन् । यस भन्दा पहिले पनि धेरै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मनमा बस्न सफल सिर्जुले फेरी अर्को गीत बजारमा ल्याएकी छिन् । उक्त गीत “आकाश धर्ति जुनको” बोलको रहेको छ । सिर्जु अधिकारी र बिक्रम परियारको सुमधुर स्वर द्वारा सुसजित यस गीतलाई शब्द संगीत कृष्ण राजा बाबुले भरेका छन् ।

गायिका सिर्जुले सम्पूर्ण संगीत पारखीहरु माझ मेरा पहिलेका सांगीतिक कोसेली जस्तै यस गीतलाई पनि मन परेको खण्डमा प्रक्रिया र शेयर गरिदिनु हुन् अनुरोध गरेकी छिन् । गायन विधामा मात्र नभई मोडलिंग विधाबाट पनि आफ्नो उच्च पहिचान बनाएकी उनको यो पछिल्लो गीत “आकाश धर्ति जुनको” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक ढंगले तयार पारिएको छ ।

भिडियोमा कृष्ण राजा बाबु संग सिर्जु स्वयम् देखिएकी छिन् । यस गीतको म्युजिक भिडियोलाई निर्दीशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । हामी गायिका तथा मोडल सिर्जु अधिकारीको थप सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया