नेपाली फिल्म र सुगम संगीतका चर्चित एबम लोकप्रिय गायक सुनिल गिरीको नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक भए संगै नेपाली दर्शक माझ लोकप्रिय भएको छ ।‘को होला–३’को सफलतापछि गत शुक्रबार सुनिल गिरीले आफ्नै युट्युब च्यानलमार्फत नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक गरेका थिए । ‘सोल्टिनी’ गीतमा गायक सुनिललाई गायिका अपेक्षा गिरीले साथ दिएकी छन् । सुनिल गिरी आफैले लेखेको र संगीतबद्ध गरेको गीतको म्युजिक भिडियोमा पुष्प खड्का ,अञ्जली अधिकारी र हेरुका लामाको अभिनय रहेको छ ।
‘सोल्टिनी’ गीत सुनिल गिरीका पहिलाका गीत भन्दा भिन्न छ । श्यामश्वेत रसाइलीले यस गीतमा संगीत संयोजन गरेका छन्। पछिल्लो समय राम्रा राम्रा भिडियो बनाउन ब्यस्त रहेका दिपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा नबराज उप्रेतीको क्यामेरा र मनोज कार्कीको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया