एजेन्सी – भारतिय अभिनेता राहुल दिक्षितले आत्महत्या गरेका छन् ।उनले झुन्डिएर आत्महत्या गरेका हुन् । २८ वर्षे राहुल बुधबार बिहान ओशिवारास्थित घरमा झुण्डिएर आत्महत्या गरेको भारतिय मिडियाले जनाएका छन् । आफ्नो छोराले आत्महत्या गरेपछि पिता महेश ले दुुख व्यक्त गर्दै संसारलाई किन छोडेर गयौ, राहुल भन्दै फेसबुकमा स्टाटस लेखेका छन् ।

पुलिसले आत्महत्याको मुद्दा दर्ता गरेको र यसबारे अनुसन्धान भइरहेको बताएको छ ।उनका पिताले फेसबुकमा विभिन्न पोष्ट सेयर गरिरहेका छन् । उनले रुपाली कश्यप नामकी महिलालाई छोराको आत्महत्याका लागि जिम्मेवार बताएका छन् ।’छोरा तँलाई के भयो रु तैंले आत्महत्या गर्न सक्दैनस् । तैंले हामीलाई जिउँदैमा मारिस् ।

रुपाली कश्यपले तँलाई मारेको हो । हामीले न्याय पाऔं ।’ भन्दै राहुलका बुवाले अर्को पोष्ट गरेका छन् ।भारतिय मिडियाका अनुसार राहुलका पिताले यसलाई आत्महत्या होइन आफ्नो छोराको हत्या भएको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया