राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक-फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक गोमा कोइराला र कमल दुलालको संयुक्त प्रस्तुति “आँखै नसालु” बोलको गीत पनि बजारमा आएको छ । बिशेष गरेर २० बर्ष वरिपरीका युवा युवतीमा हुने बैंशको उन्मादलाई केन्द्रित गर्दै तयार पारिएको यस गीतमा गोमा कोइराला र कमल दुलालको सुमधूर स्वर सुन्न सकिन्छ ।

गायिका गोमा कोइरालाले यस भन्दा अगी पनि २ वटा सांगीतिक कोसेली बजारमा ल्याइसकेकी छिन् । यिनै गीतहरुको चौतर्फी सफलता पछी उनको र कमल दुलालको यो तेश्रो प्रस्तुतिको हो । योवनको समयमा जे र जस्तो देखे पनि मोहित हुने रोमान्चक यस गीतको प्रेम भावलाई भारत गजुलेलले कोरेका हुन् भने लय गायिका गोमा कोइराला स्वयम् को रहेको छ ।

गोर्खा चौतारी म्युजिक प्रालि मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा सन्जिब ठकुरी र रिना थापाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । नारायण मगर द्वारा निर्देशित भिडियोलाई छायांकन एकान्त मगरले गरेका हुन् भने सम्पादन निर्देशक स्वयम् नारायण मगरले गरेका छन् । हामी यस गीत संग समबन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया