राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरु माझ पृथक सांगीतिक स्वाद दिंदै आएका रामजी बुढाथोकीले फेरी अर्को उत्कृष्ट सांगीतिक कोसेली बजारमा ल्याउन भ्याएका छन् । रमाइलो पारिवारिक कथावस्तुमा तयार पारिएको यस गीत “तेल मालिस” बोलको हो । रामजी बुढाथोकी र कमला कमला खड्काको सुमधुर स्वर बाट सजिएको यस गीतलाई लय शब्द हरि कार्कीले भरेका छन् ।

गीतको अडियोको स्वाद जस्तै म्युजिक भिडियोलाई पनि निकै रोमान्चक ढंगले तयार पारिएको छ । भिडियोमा करिश्मा ढकाल र अमित पराजुलीको अभिनय देख्न सकिन्छ । प्रस्तुत ग्गीत्को म्युजिक भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन नमराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया