राजु बोहरा–काठमाडौँ । मैले मेरो जिबनको सारा सर्वस्व नै तिमीलाई सोचेको थिएँ , तर तिमीले मात्र मलाई समय बिताउने माध्यम बनायौ । ति झुटा आस्वसनको दलदलमा म फसिरहें । आज अनयासै तिमीले आफ्नै बाटो ततायौ, मलाई छोड्यौ, म पनि छोड्दै छु तिमीलाई संसारबाट कहिले नफर्किने गरेर । हो यस्तै वियोगान्त प्रेम भावमा एक निकै मन छुने गीत भर्खरै बजारमा आएकोछ । उक्त गीत रमेश परियार र सपना परियारको प्रस्तुतिमा “नफर्किने बाटो” बोलको रहेको छ ।

देवी म्युजिक प्रालिबाट सार्वजनिक भएको यस गीतमा शितल गुरुङ र सपना परियारको सुमधुर स्वर रहेको छ । स्थायी घर गोर्खा र हाल मलेसियामा रहेर स्थरिय गीत संगीतहरु पस्किंदै आएका रमेश परियार कै लय शब्द द्वारा सुसजित यस गीतको म्युजिक भिडियो पनि सार्बजनिक भैसकेको छ । भिडियोमा मिलन र आशिकको अभिनय देख्न सकिन्छ कजिश श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायांकन सुरेश श्रेष्ठले गरेका छन् भने सम्पादन दिपक बिस्टको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया