Flash

काठमाडौं । वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत याद तिम्रो धेरै आइरह्यो… को म्यूजिक भिडियो निर्माण गरिएको छ ।

एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्यो… सँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो निर्माण कार्य सकिएको छ । यस अघि नै चार वटा गीतको भिडियो सार्बजनिक भैसकेका छन् । दोस्रो एल्वम आकृतीका लागि तयारी गर्दै गरेका प्रिय पछिल्लो समयमा चलचित्रगीत लेखन तथा आधुनिक गीती लेखनमा उत्तिकै सक्रिय रहेका छन् ।

याद तिम्रो धेरै आइरह्यो… गीतको म्यूजिक भिडियो निर्देशन कलाकार निर्मल शर्माले गरेका छन् । गीतको छायांकन वरिष्ठ छायांकार राजु के.सी.ले गरेका हुन् भने श्रृंगार निर्मला आचार्यले गरेकी छिन् । गीतको सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गर्नेछन् ।

गीतमा अभिनेताश् रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई एवं राम ढकालको अभिनय हेर्न पाइन्छ । अभिनेता भट्टराई र अभिनेत्री चौलागाईको केमेष्ट्री खुलेको पनि छ । अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा क्रमश… जम्दै गरेका छन् ।

छायाँछवि क्रियशनले निर्माण गरेको म्यूजिक भिडियो फाल्गुनको पहिलो साता रिलिज गरिने छायाँछवि क्रियशनले जनाएको छ ।

Published date : २०७५-माघ-२० १९:०१

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]