मोहन श्रीपाली , कतार ,माघ २१

अर्घाखाँची जिल्लामा जन्मिएर पनि नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनुभएकी गायिका कमला किरण विसी र गायक कुमार पुनको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “मनको पिर विसाउने “गीतको भिडियो बजारमा आएको छ ।
आफनी मायालुसगँ सुख दुखका कहानी ब्यक्त गर्दा मनमा निकै खुशी भएको कुरा गीतमा भनिएको छ । हुम गैरेको शब्द सिर्जना र जमुना रानाको लय सिर्जनमा गीत तयार पारिएको छ । निकै मार्मिक रुपमा प्रस्तुत गरिएको गीतमा प्रेममा सम्वादलाई निकै मार्मिक रुपमा ब्यक्त गरिएको छ । दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन , जमुना रानाको निर्देशनमा भिडियो तयार पारिएको छ । गीतको भिडियोमा रत्न विश्वकर्मा र बेविका पोखरेलको अभिनय रहेको छ ।
“मनको पिर विसाउने “ हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया