मुम्बइ। न्यूरो इन्डोक्राइन ट्युमर नामक दुर्लब रोगलाई जितेर हालै भारत फर्किएका बलिउड अभिनेता इरफान खानको कमब्याक फिल्म निश्चित भएको छ । रिपोर्टका अनुसार उनी २०१७ मा रिलिज भएको आफ्नो फिल्म ‘हिन्दी मिडियम’ को सिक्वेल ‘हिन्दी मिडियम–२’बाट कमब्याक गर्दैछन् । फिल्मका निर्माता दिनेश भिजनले यो कुराको पुष्टि गरेका छन् । फिल्मको निर्देशन होमी अदजानियाले गर्नेछन् ।

रिपोर्टका अनुसार यो फिल्ममा इरफान खानको अपोजिट लिड रोलमा करिना कपुर देखिँदैछिन् । फिल्म निर्माण टिमले यो फिल्मको लागि करिनासँग कुरा गरिरहेको बताइएको छ । यद्यपि करिनाले फिल्ममा काम गर्ने कुरा फाइनल भने गरिसकेकी छैनन् । यदि करिना तयार भएमा इरफान खानसँग यो उनको पहिलो फिल्म हुनेछ ।

‘हिन्दी मिडियम’मा इरफानले राज बत्राको भूमिका गरेका थिए । यो फिल्ममा इरफानको अपोजिट रोलमा पाकिस्तानी हिरोइन सबा कमर थिइन् । सबाले फिल्ममा राजकी पत्नी मित बत्राको भूमिका गरेकी थिइन् । फिल्ममा हिन्दी मिडियम स्कुलमा पढेका अभिभावकको संघर्ष देखाइएको छ जसले आफ्ना सन्तानलाई दिल्लीको राम्रो निजी स्कुलमा भर्ना गराउन चाहन्छन् । यो फिल्मको लागि इरफानले फिल्मफेयर उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

तपाईको प्रतिक्रिया