काठमान्डौ माघ २४ – नेपाली गीत संगीतको बजारमा पछिल्लो पटक फरक-फरक गीतहरु बजारमा आइरहेका छन् । यसरी बजारमा आएका गीतहरुमा पनि सुन्न भन्दा पनि हेर्नमा आकर्षित हुने संगीत पारखिहरुको जमात धेरै रहेको छ । यसैलाई मध्यनजर राख्दै म्युजिक भिडियो लोकेशन छनोटमामा पनि निकै ध्यान दिनु पर्ने हुन्छ । यसै क्रममा बैतडी जिल्लाको सुर्नया गाउपालीकामा पहिलो पटक पन्चेबाजा गीत “आइगया लगनका महिना”  छायांकन सम्पन्न भै बजारमा आएको छ । महरा म्युजिक शोलुसनको प्रस्तुति रहेको उक्त गीत “आइगया लगनका महिना” बैतडी जिल्लामै पहिलो पटक छायांकन भएको गीतको म्युजिक भिडियो हो ।

निकै रमाइलो शब्द भाव झल्कने  पन्चेबाजा गीत “आइगया लगनका महिनामा” कैलाश साउद रंगीबाज र दिपा रोकाया को सुमधुर स्वर रहेको छ भने गीतलाई कैलाश साउद रंगीबाजले लय शब्द भरेका छन् । गीतको म्युजिक भिडियो  पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा हरिश महरा, काजल साउद, बिपना महरा र प्रकाश साउदले अभिनय गरेका छन् । बिशेष सहयोगी धन बहादुर साउद मायालु रहेका छन् ।

निर्देशन हरिश महरा आफैले गरेका गरेका हुन् । छायांकन  डीबि रेउलेले गरेका हुन् । सम्पादन गिरिस रिजाल समिपले गरेका हुन् । सुदुर पश्चिमको बैतडी जिल्लामै पहिलो पटक छायांकन भएको हुनाले यस गीतको भिडियोलाई सबैले मन पराइदिने कुरामा छायाकार मोडेल तथा निर्देशक हरिश महरा ढुक्क रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया