राजु बोहरा–काठमाडौँ । युवा पुस्ताहरुको चाहनाको स्वादमा नेपालि गीत संगीतको क्षेत्र भिजेता पनि आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ जुर्मुराउने कलाकारहरु पनि यस क्षेत्रमा प्रसस्त पाइन्छ । यस भित्र स्थायी घर गोर्खा र हाल मलेसियामा रहेका रमेश परियार पनि हुन् उनले यस अगी पनि थुप्रै त्यस्ता गीतहरु बजारमा लायाएर अशंख्य दर्शकहरुको मन जित्न सफल भैसकेका छन् । रमेश भन्छन्, कुनै पनि गीत संगीतको माधुर्यता बाट श्रोता तथा दर्शकहरुको मन जित्न दुई अर्थे गीत काफी छैन । हामी आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ तयार पारिएको गीतबाट पनि श्रोता तथा दर्शकहरुको मन जित्न सक्दछौं ।

यसै भनाइलाई आत्मासाथ गर्दै उनले आफ्नै लय तथा शब्द सृजनामा “सालैजो मकैसिंग डाडा” बोलको गीत बजारमा ल्याएका छन् । सुजन परियार र बिमला दराईको संयुक्त प्रस्तुतिमा रहेको उक्त गीतमा सुजन परियार र मेनुका सोनीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको मौलिकता अनुसार भिडियोलाई पनि उस्तै आकर्षण प्रदान गरिएको छ । भिडियोमा गोबिन्द बि.सी र बिमला दराईको अभिनय देख्न सकिन्छ । चित्र मास्की द्वारा निर्देशित भिडियोलाई छायांकन शम्भु चालिसे र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया