ये है मोहोब्बतेकी ईशिता यानिकी भारतीय टेलिभिजन अभिनेत्री दिब्यांका त्रिपाठले आफ्नो करीयरमा एउटा नयाँ कदम उठाएकी छिन् । आफ्नो अभिनयले सबैलाई मनमोहित वनाउने त्रिपाठी अहिले भने रियालिटि शो होस्टीङ प्रति आर्कर्षित भएकी छिन् ।

दिब्यांका अहिले सिंगिंङ रियालिटी शो द भ्यावईसको सिजन ३ को होस्टीङमा बिजि छिन् । दिब्याकाले द भ्वाईसको पहिलो एपिशोडको सुटिङ गरेकी छिन् । तर पहिलो एपिसोडको सुटिङमा सेटमा यस्तो घटना घटेको छ जसले गर्दा निर्णायकको रुपमा रहेका अदनान सामि भड्किएका छन् । खासमा शुटिङ चलिरहेकै समयमा दर्शक दिर्घमा बसेका एक पुरुषले दिब्यांकालाई जिस्काउन शुरु गरे ।

धेरै समयसम्म दिब्यांकाले ती युवालाई वास्तै नगरी आफ्नो काममा ध्यान दिईरहिन् तर पनि ती युवकले दिब्यांकालाई जिस्काउन छोडेनन् र स्टेजमा नै पुगे यो सब देखेर निर्णायक अदनान सामी रिसले आगो भईहाले । निर्णायकहरु रिसाएपछि ति युवकले आफ्नो अनुहार देखाए खासमा ती युवक अरु कोही नभएर दिब्यांकाका लभिङ र केयरिङ श्रीमान् विवेक दहिया थिए ।

अदनानले जब विवेकको अनुहार देखे अनि रिसैरिसमा हाँसे । श्रीमती दिब्यांका होस्टीङको विषयलाई उत्साहित रहिराखेको समयमा अझै श्रीमतीको हौसला बढाउनको लागी विवेकले आफ्नो लुक नै परिवर्तन गरी सबैलाई सरप्राईज गरेका थिए । श्रीमतीलाई हँसाउनको लागी मात्र यो गरेको उनले बताएका छन् । दिब्यांकाको अघि बढीरहेका करिअरमा विवेकले सँधै साथ दिने गरेको दिब्यांकाले पनि बताईन् ।

तपाईको प्रतिक्रिया